Shikhar Insurance
National Life

एचआईडीसीएलको सेयर नपरेकालाई रकम फिर्ता गर्न सुरु

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार १०:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर नपरेकालाई रकम फिर्ता गर्ने सुरु गरेको छ ।

कम्पनीले संस्थापक सेयर बाँडफाँडमा नपरेको वा आंशिक परि बाँकी रहेको सेयर बापतको रकम आज भदौ १७ गतेदेखि बोलपत्र फाराममा उल्लेख गरेको बैंक वा वित्तीय संस्थाको खातामा रकम पठाउन सुरु गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले गोप्य शिलबन्दी बोलपत्रद्वारा १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद सेयर (संस्थापक) सेयर बिक्रीमा राखेको थियो । यसका लागि साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश गर्न आह्वान गरिएको थियो ।

सो समयभित्र परेको बोलपत्र कम्पनीले भदौ १२ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा खोलिएको हो ।

साथै, संस्थापक समूहतर्फको सेयरको कटअफ मूल्य १३५ रुपैयाँ निर्धारण भएको थियो । सो मूल्यलाई आधार मानेर कम्पनीले सेयरको बाँडफाँड गरिसकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्