काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ५० रुपैयाँ र सो भन्दा बढी मूल्य आएमा कम्पनीले बढी मूलयलाई मान्यता दिने एक सूचनामार्फत जानकारी दिएको छ ।
सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ लिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय बनेपा–५ काभ्रेपलाञ्चोक आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्