Shikhar Insurance
National Life

एनसेलको लाइसेन्स पाँच वर्षको लागि नविकरण, किस्ताबन्दीको सुविधामा १० प्रतिशत जरिवाना

सिंहदरबार संवाददाता
२०८१ भाद्र १६, आईतवार २२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल दुर संचार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई लाइसेन्स नविकरण भएको जानकारी दिएको छ । प्राधिकरणले एनसेललाई आइतबार (भदौ १६ गते) नविकरण भएको पत्राचार गरेको हो ।

प्राधिकरण बोर्ड बैठकले मन्त्रिपरिषदको निर्णय अनुसार कम्पनीको नविकरण गरेको हो । यो सँगै एनसेलले नविकरण वापतको पहिलो किस्ता ५ अर्ब रुपैयाँ सरकारलाई तिरेको छ । यस्तै अब बाँकी रकम चार किस्तामा तिर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलको ५ वर्षका लागि लाइसेन्स नविकरण भएको जानकारी दिए ।

बाँकी १५ अर्बमा एनसेलले १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने हुन्छ । यद्यपी एनसेलले चाहे समय अगावै किस्ता वापतको रकम तिर्न सक्ने व्यवस्था गरेको छ । भदौ १४ गते मन्त्रीपरिषद बैठकले एनसेलको नविकरण गर्ने निर्णय गरेको थियव । सो निर्णय अनुसार  प्राधिकरणले नविकरणको पत्र एनसेललाई पठाएको हो ।

नविकरण भएपनि सरकारले एनसेललाई १ मासिक १० प्रतिशत ब्याज लगाएर कम्पनीलाई ठूलो नोक्सानी ब्योहोर्न बाध्य बनाएको छ । सोहि मुद्दामा सरकारी लगानीको नेपाल दुरसंचार कम्पनी लिमिटेडलाई पाँच वर्षपछि एकै पटक २० अर्ब तिर्दा हुने नियम बनाएको छ भने निजि क्षेत्रको कम्पनीलाई भने चर्को भेदभाव गर्ने गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्