Shikhar Insurance
National Life

कुमारी बैंकले उद्यमशिलता प्रर्वद्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने

सिंहदरबार संवाददाता
२०८१ भाद्र १६, आईतवार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले उद्यमशिलता प्रर्वद्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने भएको छ । देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम संचालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा संचालन गरिहेको हो ।

यस योजना अन्र्तगत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तिमा दुई ब्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तिमा १० हजार रुपैया बराबरको कारोबार उक्त बैंक खातामा हुदा उद्यमीहरुले दुईलाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिनानै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने बैंकले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फतनै गर्न सकिने भएकोले व्यवसायिहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन् । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तिय संयन्त्रमा आर्कषित हुने तथा उनिहरुको उद्यमशिलता प्रर्वद्धनमा केहि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्