Shikhar Insurance
National Life

सरकारको मार्गदर्शनमा रहेर कार्य सम्पादन गर्नेछु : डेनमार्कका लागि प्रश्तावित राजदुत तुलाधर

सिंहदरबार संवाददाता
२०८१ भाद्र १६, आईतवार १५:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । डेनमार्कका लागि प्रश्तावित राजदुत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छिन । आइतबार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले जारी गरेको कुटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रश्तुत गरेकी हुन् ।

प्रश्तावित राजदुत तलाधरले युवाहरुको चासो र चिन्तालाई सम्बोधन हुनेगरी पर्यटन प्रवर्द्धनमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् । डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरुलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उनको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डेनमार्क लगायतमा मुलुकहरुमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रश्तावित राजदुत तुलाधरले बताइन् । उनले देशका मुख्यमुख्य निकायसँग सहकार्य गरेर आफूले देशको हितमा हुने गरी महिलाको क्षेत्रमा, बालबालिका र मातृभाषाको क्षेत्रमा पनि काम गर्न चाहेको बताइन् ।

प्रश्तावित राजदुत तुलाधरले विकसित देशहरुबाट नेपाल जस्ता विकाशशील राष्ट्रहरुले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने जानकारी दिइन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्