काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५३.६३ अकंले घटेर २६९५.९३ मा पुगेको हो ।
आइतबार ३३७ कम्पनीको २६ करोड २४ लाख ६ हजार ४ सय ३५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९ रुपैयाँ कारोबार भएको छ ।
सेयर बजारमा दोहोरो अंकको गिरावट आएपनि एक कम्पनीको सेयरमा भने सकरात्मक सर्किट लागको छ । आज सुपर माई हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
त्यस्तै, हिमालयन पावरको ९.८७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ८.७३ प्रतिशत, सानिमा लार्ज क्यापको ८.४४ प्रतिशत सहित ८२ कम्पनीको सेयर मूल्य बढेको हो ।
प्रतिक्रिया दिनुहोस्