काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५३.६३ अकंले घटेर २६९५.९३ मा पुगेको हो ।
आइतबार ३३७ कम्पनीको २६ करोड २४ लाख ६ हजार ४ सय ३५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९ रुपैयाँ कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, उपकार लघुवित्तको ९.९१ प्रतिशत, नेपाल फाइनान्सको ९.५३ प्रतिशत, मिड सोलु हाइड्रोपावरको ९.२६ प्रतिशत सहित २४१ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्