काठमाडौं । नेपाल सरकार सचिव दिनेश भट्टराईले आफू विरुद्ध निराधार हल्ला चलाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सचिव भट्टराईले आफूले राजिनामा नदिएको बताएका हुन् । सचिव भट्टराईले फेसबुकमा लेखेका छन्, ‘विभिन्न अनलाईनहरुमा मैले राजिनामा दिएको र स्वीकृत समेत भई सकेको भनि प्रकाशन भएको समाचारमा सत्यता नरहेको अनुरोध गर्दछु । २०८१-५-१६ ।’
सरकारले भदौ १४ गतेको मन्त्रिपरिषद बैठकबाट मुख्य सचिवमा एकनारायण अर्याललाई जिम्मेवारी दिएको छ । गृहसचिव रहेका अर्याललाई सरकारले सिधै मुख्यसचिवको जिम्मेवारी तोकेको थियो । तर अर्याल सबैभन्दा सिनियर कर्मचारी भने होइनन । उनीभन्दा सिनियर तोयानारायण ज्ञावाली र सचिव रामकृष्ण सुवेदी थिए । सचिव ज्ञवालीले भने राजिनामा दिइसकेका छन् । यस्तै सुवेदीले भने राजिनामा दिएका छैनन् ।
मुख्य सचिवको रेसमा रहेका सचिव भट्टराईलाई केहि संचार माध्यमहरुले राजिनामा दिएको विषय उठाएपछि उनले त्यसमा सत्यता नभएको स्पष्ट पारेका हुन् ।
प्रतिक्रिया दिनुहोस्