Shikhar Insurance
National Life

‘गाडी र शेयरको कारोबारले आर्थिक गतिविधि बढायो’-गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८१ भाद्र १६, आईतवार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । गाडी र शेयरको कारोबारले अर्थतन्त्र चलायमान बन्दै गएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गभर्नर अधिकारीले चालु आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गरेका हुन् ।

आईतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोवललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए । उनले भने, ‘केही सूचकहरुले पनि अर्थतन्त्र चलायमान बनाउने आधारशिला खडा भएको प्रमाणित गरेको छ, भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरु, शेयर बजारहरु र अन्य स्थितिले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको छ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राजश्व संकलनमा पनि विगतका २ वर्षको भन्दा राम्रो राजश्व उठेको बताउदै कर्जा प्रवाहको स्थिति साउनमा लगभग ३ अर्ब र भदौको आजसम्म थप १२ अर्ब कर्जा प्रवाह भइसकेको बताए। उनले थपे, ‘भोलिको दिनमा हाम्रो आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोवललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको छ ।

केही सूचकहरु हामीले स्पष्ट रुपमा पाइसकेका छौँ । भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरु, शेयर बजारहरु र अन्य स्थितिले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको छ । पहिलाको वर्षहरु भन्दा यस वर्ष साउनमै खर्च राम्रो भएको देख्छौँ । राजश्व संकलनमा अगाडिका दुई वर्ष निकै समस्या थियो । यो साउनमा निकै पोजेटिभ हामी देख्छौँ । कर्जा प्रवाहको स्थिति हेर्दा साउनमा लगभग ३ अर्ब मात्रै कर्जा प्रवाह भएपनि भदौको आजसम्मा थप १२ अर्ब कर्जा प्रवाह भइसकेको छ । यही अवस्था अघि बढ्दाखेरी हामी आशा गर्नसक्छौँ, यही आर्थिक वर्षबाट नयाँ किसिमबाट अर्थतन्त्र चलायमान हुनेछ । राज्य पनि त्यसैगरी नीतिगत रिफर्ममा लागिरहेको छ । जे जस्ता सुधारहरु गर्नुपर्ने हो, कानूनी रिफर्ममा लागिरहेको छ । अफ्ठ्यारा भएका कुराहरुलाई के कसरी हुन्छ, सुधार गर्नुपर्छ ।’

 

गभर्नर अधिकारीले सरकारले पनि कानूनी अफ्ठ्यारा हटाउन नीतिगत सुधारमा लागेकाले अर्थतन्त्र चलायमान बन्ने विश्वास व्यक्त गरे । –न्युज एजेन्सी नेपाल

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्