Shikhar Insurance
National Life

फोनपेले सुरु गर्‍याे ‘बोहनी फोनपे क्युआर बाटै’ पहल, उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न सकिने

सिंहदरबार संवाददाता
२०८१ भाद्र १६, आईतवार ११:२६
Hyundai
NCELL
NIMB

ललितपुर । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले ‘बोहनी, फोनपे क्युआर बाटै’ पहलको सुरुवात गरेको छ। फोनपेले देशभरका व्यवसायहरुलाई फोनपे क्यूआर मार्फत स्वीकार्न प्रेरित गर्ने उदेश्यले सो पहलको सुरुवात गरेको हो।

यस पहलले विहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ । फोनपे क्युआर मार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अभियानमा सहभागी हुन, व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ, र अभियान अवधिमा फोनपे क्युआर मार्फत भुक्तानी लिएको हुनु पर्नेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ इभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले भने, ‘यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो। हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्यु।आर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन्।’

२० लाख भन्दा बढी ग्राहक र नेपाल भर १४ लाख भन्दा बढी व्यवसायहरूमा फोनपे क्यु।आर स्ट्यान्डीहरू तैनाथ भइसकेको अवस्थामा, फोनपे आफ्नो डिजिटल भुक्तानी नेटवर्कलाई विस्तार गर्दै देशभरका व्यवसायहरूलाई सुरक्षित, छिटो र सुविधाजनक भुक्तानी समाधानहरूको लाभ प्रदान गर्न प्रतिबद्ध छ।

फोनपे, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्