काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनीको सञ्चालकमा संगीता विकलाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक पदमा सिल्क रोड डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने विकलाई नियुक्त गरेको हो ।
कम्पनीको सञ्चालक विनय कुमार तोदीले आफ्नो व्यक्तिगत कारणले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरी उक्त रिक्त रहेको पदमा विकलाई नियुक्त गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्