काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने आज भदौ १६ गते अन्तिम दिन रहेको छ ।
उक्त सेरमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिँने कम्पनीले जानकारी दिएको हो । कम्पनीले १:१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ ।
हकप्रद सेयर निष्कासनको लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम रहेका सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
यो हकप्रद सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूआर रेटिङ बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।
साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्