काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन(शुक्रबार) ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५२ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो । चाँदी अघिल्लो दिन १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्