Shikhar Insurance
National Life

हिमालयन बैंकको सेयर बेच्न हबिबका सीईओ नेपालमा, एक हप्ते दौडपछि भेटे गभर्नर र डा. खतिवडा

खेमराज श्रेष्ठ
२०८१ भाद्र १६, आईतवार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । पाकिस्तानको पहिलो कमर्शियल बैंक हबिब बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मुहमुम्मद नासिर सलिम नेपाल आएका छन् । हिमालयन बैंक लिमिटेडमा रहेको हबिब बैंकको शेयर बिक्री गर्न सालिम नेपाल आएका हुन् ।

बैंकको सेयर बिक्री गर्न हबिबका सिइओ सलिम आफ्नो कानुनी टिम सहित गतहप्ता नेपाल आएका थिए । उच्च स्रोतले सिंहदरबारसँग भन्यो,–‘हबिबले हिमालयन बैंकमा रहेको आफ्नो शेयर बिक्री गर्न दलबल सहित बैंकका अध्यक्ष तथा सिइओ मुहमुम्मद नासिर सलिम नेपाल आएका छन्, उनले शेयर बिक्रीका लागि सहयोग गरिदिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडालाई भेटिसकेका छन् ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्रोतका अनुसार हबिब बैंक आफ्नो शेयर बिक्री गरेर छिटो भन्दा छिटो नेपालबाट बाहिरिन चाहेको छ । उसले यसका लागि सबै खाले प्रयासहरु गरिरहेको छ । हबिबका सिइओ सलिमले आफ्नो विषय गभर्नर अघिकारी समक्ष राखिसकेका छन् । यस्तै, गभर्नरलाई मात्रै भेटेर काम नहुने भन्ने बुझेपछि सिइओ सलिमले डा. युवराज खतिवडासँग भेट गरेका हुन् ।

राष्ट्र बैंकले अड्कायो

हिमालयन बैंकको शेयर बिक्रीका लागि राष्ट्र बैंकले ग्रिन सिग्नल दिएको छैन । हिमालयन बैंकका उच्च तहका अधिकारीका अनुसार एकै पटक ठूलो मात्रामा विदेशी मुद्रा बाहिर जाने र कर छुटको विषयलाई लिएर राष्ट्र बैंकले शेयर बिक्रीको विषयलाई रोकेको छ । बैंक स्रोतले सिंहदरबारलाई भन्यो,–‘हिमालयन बैंकमा रहेको हबिबको शेयर बिक्री गर्न, बिक्री गर्ने पक्षमा बैंक व्यवस्थापन सबैमा एकमत छ, किन्ने पक्षमा पनि स्वदेशी तथा विदेशी लगानीकर्ता तयारी अवस्थामा छन्, तर राष्ट्र बैंकले विदेशी मुद्रा र करको विषयलाई उठाउँदा शेयर खरिद बिक्री रोकिएको छ, विदेशी लगानी नआएको खण्डमा शेयर खरिदका लागि हिमालयन रि-इन्स्योरेन्स तयारी अवस्थामा छ ।’

अहिले नेपालको कर कानुन अनुसार शेयर खरिद बिक्रीमा २ तहको कर लाग्दै आएको छ । ३६५ दिनभित्र गरिने कारोबारको नाफामा ७.५ प्रतिशत कर लाग्दै आएको छ भने ३६५ दिन पछिको कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ । यो हिसाबले हबिब बैंकले ५ प्रतिशत मात्रै कर तिर्दा हुन्छ । राष्ट्र बैंकले मर्जर तथा एक्वीजेशनमा बैंकहरुलाई कर छुटको घोषणा गरेको थियो । हिमालयन बैंकले यो सुविधा २०८१ फागुनसम्म पाउँछ । किन की २०७९ फागुन १२ गते हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ को अनुपातमा गाभेको थियो र कम्पनीले नियमानुसार दुई बर्षसम्म पुँजीगत लाभकर र डिभिडेन्ट ट्याक्समा छुट पाउने व्यवस्था छ । यद्यपी पछिल्लो पटक मर्जर तथा एक्विजिशनबाट गुज्रिएका बैंक तथा वित्तिय संस्थाहरुले यस्तो छुट नपाएको गुनासो गरिरहेका छन् ।

यदी पुस अगावै बैंकको शेयर बिक्रीको अनुमति दिदाँ एकै पटक ठूलो मात्रामा विदेशी लगानी बाहिरिने र अर्को तर्फ राज्यलाई कर समेत कम प्राप्त हुने भएकाले राष्ट्र बैंकले शेयर बिक्रीका लागि रोकेको स्रोतहरु बताउँछन् । राष्ट्र बैंकले विदेशी मुद्राको विषयमा चासो व्यक्त गरेपछि बैंकले विदेशी लगानी भित्र्याउन सक्दो प्रयास गरिरहेको छ । तर सफल भने हुन सकेको छैन ।

बैंकमा पाकिस्तानी लगानी रहँदा व्यवसाय विस्तारमै गम्भिर असर परिरहेको छ । बैंकले विशेषगरी जलविद्युत क्षेत्रमा कर्जा विस्तार गर्न असहजता झेलिरहेको छ । भारतीय बजारलाई आधार बनाएर निर्माण भैरहेका जलविद्युत आयोजनाहरुमा पाकिस्तानी लगानीको हिमालयन बैंकले ऋण लगानी गर्न सकिरहेको छैन् ।

हिमालयन बैंकले पनि शेयर बिक्रीका लागि विभिन्न प्रयास गरिरहेको छ । केहि महिनाअघि मात्रै बैंकमा युरोपियन लगानी भित्र्याउन बैंकले प्रयास गरेको थियो । तर त्यो प्रयास पनि सफल हुन सकेन ।

हिमालयन बैंकमा हबिब बैंक पाकिस्तानको सबैभन्दा धेरै १२.९३ प्रतिशत शेयर स्वामित्व छ । सो शेयर बिक्री गर्न भारतीय पक्षको चर्को दबाब बैंक तथा सरकारलाई परेको छ । यस्तै खाले दबाब केहि वर्ष अघि उत्तर कोरियाको लगानी नेपालमा प्रतिबन्ध लगाउन संयुत्त राज्य अमेरिकाले दबाब दिएको थियो ।

बैंकमा कर्मचारी सञ्चय कोषको १२.६२ प्रतिशत, एन ट्रेडिङ कम्पनीको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६ प्रतिशत, अभा इन्टरनेशनलको ७.४६ प्रतिशत, छायाँ इन्टरनेशनलको ५.७८ प्रतिशत, प्रदिपजंग पाण्डेको १.०९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्