काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार पहिलो दिने भक्तपुर दरवार स्क्वायरको पुगेका छन्।
राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्दा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गरेका थिए । भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसंग सम्वाद समेत गरेका थिए । सो क्रममा सर्वसाधरणहरूले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकले पाउन नसकेको गुनासो गरेका थिए । राष्ट्रपति पौडेलले सर्वसाधरणहरूले गरेका गुनासोको शासन सञ्चालन गर्ने कार्यपालिका प्रमुखको ध्यानाकर्षण गराउने समेत बताए ।
त्यस्तै सर्वसाधरणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका थिए ।
सो क्रममा भक्तपुर दरवार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरिक्षण गरे ।
प्रतिक्रिया दिनुहोस्