Shikhar Insurance
National Life

देश एक प्रकारले अभिभावकबिहीन भएको छ : अध्यक्ष लिङदेन

सिंहदरबार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको बताए । उनले आफूले पाएको मौकालाई राजनीतिक दलहरुले व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा सामान्य कुरा नभएको पनि बताए । काँग्रेस—एमालेको दुई दलीय शासन व्यवस्थाको परिकल्पना सामान्य नरहेको बताउँदै राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरिरहेको आरोप पनि लगाए । उनले राप्रपा अब पनि जस्तो शक्ति बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने बताए ।

उनले भने,‘अहिले देश एक प्रकारले अभिभावक बिहीन भएको अवस्थामा छ । नेपाली जनताको मत जसले जसले ठूलो दलको रुपमा प्राप्त गरे, जो अहिले सरकारमा छन् । उनीहरु स्वयं अस्थिरताको कारक छन् । आफूले पाएको मौकालाई आफ्नो व्यक्तिगत जीवन र आफ्नो पार्टीको जीवन र शासनलाई चिरस्थायी बनाउने मौकाको रुपमा उपयोग गर्न खोजिरहेका छन् । काँग्रेस र कम्युनिष्टहरुल कस्तो कुराको आँट र परिकल्पना गरिरहेका छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनेपनि यो साढे तीन दशकको समयमा राजा ज्ञानेन्द्रको १८ महिनाको प्रत्यक्ष शासन बाहेक राजाले म आफैँ चलाउनुपर्‍यो भनेर तीन वर्षको म्याद मागेर चलाएकोमा त्यो १८ महिनामै दलहरुले आपत्ति जनाएपछि ल दलहरुले नै चलाउन् भनेर छोडिदिएको हो । त्यो १८ महिनाको समय बाहेक जे सुकै नाममा होस्, यही काँग्रेस, एमाले, माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । राप्रपा जस्तो शक्ति बलियो बनेर नआउने हो भने र जनतालाई अभिभावकत्व प्रदान नगर्ने हो भने देश ठूलो दुर्घटनामा जान्छ ।’

अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागेपनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्