Shikhar Insurance
National Life

जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि

सिंहदरबार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १४:०५
Hyundai
NCELL
NIMB

एजेन्सी । जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाई महिनामा बढेको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख हो ।

सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ । विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्