Shikhar Insurance
National Life

नेपालमा लगानी गर्ने विदेशीले कमाउँछन् प्रतिसय ११.६१ रुपैयाँ, सबैभन्दा धेरै भारतबाट भित्रिदा अन्य देशबाट कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १३:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा वैदेशिक लगानीको प्रतिफल ११.६१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक लागनीको प्रतिफल सामान्य देखिएको हो ।राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको हो ।

बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी आवश्यक तथ्याङक सङ्कलन गरी यस्तो प्रतिवेदन तयार गरेको हो । आर्थिक वर्ष २०७०/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २ सय ३८ वटा कम्पनीको नमूना छनोट गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वेक्षण अनुसार नेपालमा आर्थिक वर्ष २०७९/0८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई रु. २८५ अर्ब ५० करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.१०३ अर्ब ४५ करोड (३५ प्रतिशत) र त्यसपछि क्रमशः चीनबाट रु.३५ अर्ब ४६ करोड (१२ प्रतिशत) विदेशी लगानी आएको छ ।

यस्तै, आयरल्याण्डबाट रु.२२ अर्ब ६२ करोड ( ७.७ प्रतिशत), अष्ट्रेलियाबाट रु.१५ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट रु.१८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५८.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २५.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५८.७ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६०.६८ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल (Return on Equity) करिब ११.६१ प्रतिशत रहेको पाइएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्