Shikhar Insurance
National Life

इतिहास रच्दै नेप्से ३ हजार अंकतर्फ अग्रसर, वित्त कम्पनी र विकास बैंकका लगानीकर्ता मालामाल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २५, मंगलवार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेयरमा फेरि नयाँ इतिहास बनेको छ । दैनिकजसो ऐतिहासिक बिन्दुमा पुग्ने गरेको नेप्से परिसूचक मंगलबार ५३.४४ अंकले बढ्दै इतिहाकै उच्च बिन्दुमा पुगेको हो ।

साताको तेस्रो दिन १.८४ प्रतिशतले बढेर नेप्से २९६०.१४ अंकमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसक्रममा सेयर बजारमा करिब १७ अर्बको सेयर किनबेच भए ।

कारोबारमा आएका १ सय २१ कम्पनीको मूल्य बढ्दा नेप्से बढेको छ । आज ५३ कम्पनीको सेयर मूल्य घटेका छन् भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।

नेप्सेमा उच्छाल आएर ३ हजार अंकतर्फ अग्रसर भएको दिन ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढे । यस्तै २ दर्जन बढी कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेका छन् ।

सेयर मूल्य घट्ने कम्पनीहरुमध्ये मेरो माइक्रोफाइनान्स कम्पनीका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्षमा रह्यो । पुनर्बिमा कम्पनीको १ अर्ब ५ करोडको सेयर किनबेच भएका छन् ।

समूहगत उपसूचकमध्ये विकास बैंक ९.०४ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक ८.७१ प्रतिशतले उकालो लागेको छ ।

होटल तथा पर्यटन, लगानी र लघुवित्त समूहका उपसूचक भने घटेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्