Shikhar Insurance
National Life

कोरोना बीमाको पैसा माग्दै सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्दै बीमक संघ

सिंहदरबार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना बीमाको पैसा माग्दै बीमक संघले सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ । नेपाल बीमक संघका एक पदाधिकारीले सरकार विरुद्ध आइतबार सर्बोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेको बताए ।

“सरकारले पूर्व प्रतिवद्द्ता अनुसारको रकम दिएन, पुनर्बीमकका रुपमा सरकार बसेपछि हामीले कोरोना बीमाको पोलिसी पुनः बेच्न सुरु गरेका थियौ । सरकारले पैसा नदिएपछी बीमा बजार नै बिग्रीन थाल्यो, त्यसैले न्यायका लागि अदालत जान लागेका हौं ।”, संघ श्रोतले सिंहदरबारसँग भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बीमा बजार जोगाउन र कोरोना बीमितलाई न्याय दिलाउनका लागि आफुहरुले न्यायालय धाउने निधो गरेको पनि बताए ।

बीमा कम्पनीहरुले कोरोनाको करिब १२ अर्ब रुपैयाँ दावी भुक्तानी दिन बाँकी छ । साढे तीन अर्ब भन्दा बढी दायित्व सृजना भएमा सरकारले ब्यहोर्ने प्रतिवद्द्तापछी बीमा कम्पनीहरुले पुनः कोरोना बीमा पोलिसी बेच्न सुरु गरेका थिए । उच्च अदालत बिराटनगरले ३३ जनाको दावी भुक्तानी तिर्न युनाइटेड अजाेड इन्स्योरेन्सलाई आदेश दिएको थियो । अदालतको आदेश बमोजिम दावी भुक्तानी नदिएपछि अहिले अदालतको अवहेलनाको मुद्दा  लागेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्