काठमाडौं । साहस उर्जा लिमिटेडको लकइन अवधि असोज १६ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको सेयरको लकइन अवधि सकिन लागेको हो ।
कम्पनीले २०७८ असोज १७ गते कम्पनीका संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि २ करोड ८२ लाख १० हजार कित्ता सेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो ।
कम्पनीले संस्थापक सेयरधनीहरुको २ करोड ४५ लाख, स्थानीय बासिन्दाका ३५ लाख कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको २ लाख १० हजार कित्ता सेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्