काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन १ सय रुपैयाँले घटेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५३ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्