Shikhar Insurance
National Life

एक नारायण अर्याल बने मुख्यसचिव

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार २१:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले एक नारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ । भदौ १५ गतेबाट लागु हुने गरि अर्याललाई मुख्य सचिव बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

दिनेश भट्टराईलाई पछि पार्दै अर्यालले मुख्य सचिव पद हात पारेका हुन् । यद्यपी यी दुबै सचिव भन्दा सिनियर तोय नारायण ज्ञवाली थिए तर सरकारले ज्ञवालीलाई बाइपास गरेर अर्याललाई मुख्य सचिव बनाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनी हाल गृह सचिवको जिम्मेवारीमा छन् । एमाले पृष्ठभूमिका अर्यालले नेपाली काँग्रेसलाई पनि साथमा लिन सफल हुँदै गृह सचिवको जिम्मेवारी हात पारेका थिए । एमाले र काँग्रेस दुबैलाई मिलाउने कलाका कारण नै उनी मुख्य सचिव बन्न सफल भएको बताइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्