Shikhar Insurance
National Life

२२ लाख बढी कित्ता आईपीओ निष्कासन गर्दै लिबर्टी माइक्रो लाइफ, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । कम्पनीले सो आइपीओ निष्कासनका लागि भदौ ९ गते धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्‍याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी २०८० भदौ १ गतेमा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी २०८० पुष ०६ गतेदेखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्