Shikhar Insurance
National Life

निसान ब्रान्डका गाडी खरिदको लागि महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच सम्झौता भएको छ । बैंकमार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने सम्बन्धमा सो सम्झौता भएको हो ।

‘विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ’ सम्झौतामा उल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर (त्तच्) कोड स्क्यान गरेर समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्