Shikhar Insurance
National Life

अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ : मन्त्री दाहाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि आज यहाँ पुगेका मन्त्री दाहालले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताएका हुन् । देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल्स क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्‍याइरहेको बताउँदै उनले नागरिकलाई आधुनिक, सुलभ र सुरक्षित अटोमोबाइल्स सेवा पुर्‍याउन मन्त्रालय नाडासँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अटोमोबाइल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यावसायले नेपालमा स्वरोजगारी सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । यही भदौ ११ देखि १६ गतेसम्म सञ्चालन हुने अटो शो अवलोकनका लागि मन्त्री दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत मन्त्रालयका अधिकारी सहभागी थिए ।

एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो तथा नेपालमा अटोमोबाइल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्