Shikhar Insurance
National Life

रवि लामिछानेलाई गगन थापाले भने-‘बयान दिएको हो, सफाई पाएको होइन, औँला भाँचेर दिन गनौँ’

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन् ।

बिहिबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएको बताएका हुन् । उनले आफूहरुसँग भएको प्रमाण छानविन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले ९ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको बताए । उनले लामिछानेलाई सफाइ पाएको नभइ बयान दिएको कुरा स्मरण गर्न आग्रह गरे । उनले फैसला आउन बाँकी रहेको भन्दै फैसलासम्म कुर्न आग्रह पनि गरे ।

उनले भने, ‘केही दिनदेखि संसदमा केही साथीहरुले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसदमा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ । फैसला त आउनै बाँकी छ । तथ्य, प्रमाणको आधारमा फैसला आउँछ भनेर बसिरहेको छु । रास्वपाका साथीलाई अलि अफ्ठ्यारो पर्ला कि ? किनकी कालोलाई सेतो कसरी भन्नु ? त्यसैले दिन गनौँ । औँला भाँचेर गनौँ । लेखेर गनौँ । खरिले, मसिले जे ले गनेपनि हुन्छ । फैसला आएपछि सँगै बसौँला ।’

महामन्त्री थापाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि संसदमा बोल्दै नेपाल बंगलादेश हुनसक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पूर्वप्रधानमन्त्रीको तहबाट त्यो अभिव्यक्ति आउनु गलत भएको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्