काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ मा पुगेको हो ।
बिहिबार ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर किनबेच हुदाँ १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३ सय ६५ रुपैयाँ कारोबार भएको छ ।
बिहिबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, मिड सोलु हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, पीपुल्स हाइड्रोपावरसहित ८४ कम्पनीको सेयर बढेको छ ।
त्यसैगरी, थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज विन नेपाल लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, तारा गाउँ रिजेन्सी होटलसहित २१८ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्