काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ मा पुगेको हो ।
बिहिबार ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर किनबेच हुदाँ १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३ सय ६५ रुपैयाँ कारोबार भएको छ ।
बिहिबार गुड वील फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ६५ लाख ५९ हजार ७ सय ११ रुपैयाँको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार १ सय ७८ रुपैयाँ रहेको छ ।
बिहिबार ५३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, बिहिबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्