Shikhar Insurance
National Life

पाइलटहरुले हवाई सुरक्षाको नियम पालना नगर्दा धेरै दुर्घटना भयो : महानिर्देशक अधिकारी

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १३:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताएका छन् ।

बिहिबार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गरे । उनले नेपालका पाइलटहरुले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियम भन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपाली पाइलटहरुले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उल्लेख गरे । उनले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवि पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भिर हुन आवश्यक रहेको बताए । उनले नेपालमा विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जंगलमा ठोकिएर भएको बताए ।

उनले भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भएपनि पाइलटहरुले पालना नगरेको बताउँदै तथ्याङ्क हेर्दा धरै अग्रज पाइलटहरुको हवाई दुर्घटनामा मुत्यु भएको बताए । उनले जहाजमा गम्भिर समस्या भएर हवाई दुर्घटना नभएको उल्लेख गरे । उनले हवाई सञ्चालकहरु पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले सेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर विरुद्ध सर्वोच्च पुगेकाले ठूलो क्षति हुन पुगेको दाबी गरे । उनले पछिल्लो दुई वर्षमा धेरै शेयर होल्डर पाइलटहरु हेलिकप्टर दुर्घटना भएर मुत्यु भएको भन्दै यसको जिम्मा कसले लिने भन्दै सञ्चालकहरुलाई प्रश्न गरे ।

उनले सेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर बिरुद्ध सर्वोच्च गएर उडान गर्दा कति सेयर होल्डर पाइलटहरु दुर्घटनामा परेकाले सञ्चालकहरुले सोच्न आवश्यक रहेको बताए । उनले हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजान भएको भन्दै अन्य कुनै समस्या नभएको बताए । उनले हवाई दुर्घटनाको समस्या ठाउँमा भए पनि सरकारले औषधि अन्य ठाउँमा लगाई रहेको बताए ।

उनले भने,‘हवाई दुर्घटना वृद्धि हुँदा धेरै गुमाईसक्यौं । विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भयो । अनौठा खालका हवाई दुर्घटनाहरु नेपालमा भइदियो । अब पनि हवाई सुरक्षाका विषयमा नसोच्न र नगर्ने हो भने समयले धेरै पछाडि छोड्ने छ । नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोकिने र जंगलमा ठोक्किने गरेका छन् । भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्ने नियम बनाएको छ । पाइलटहरुमा गोरर्खाली बहादुरी धेरै भयो जस्तो लाग्छ । तथ्याङ्क हेर्दा धरै सिनियर पाइलटहरुको हवाई दुर्घटनामा मुत्यु भएको छ ।’

‘जहाजमा गम्भिर समस्या भएर हवाई दुर्घटना भएको भए छलफल गर्न हुन्थ्यो । तर सबै पाइलटहरु बहादुर भएकाले यस्तो भएको हो । हवाई सञ्चालक सार्थीहरुलाई पनि माथि जान वा पैसा कमाउन किन हो हतार छ । शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर बिरुद्ध सर्वोच्च पुग्नुभयो । कति जना शेयरहोल्डर पाइलटहरु हेलिकप्टर दुर्घटना भएर मुत्यु भयो । शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरु दुर्घटनामा परेर कतिजनाको मुत्यु भयो त्यसको जिम्मा कसले लिन्छ । हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादल भित्र जहाज लैजानु हो । अन्य कुनै समस्या छैन । हवाई दुर्घटनाको समस्या ठाउँकोमा छ औषधि अन्य ठाउँमा लगाइरहेका छौं’ उनले भने ।

उनले लगानीकर्ताले हेलिकप्टर उडान गर्न नहुने भन्दै सञ्चालकहरु तयार हुन आवश्यक रहेको बताए । उनले सञ्चालकहरुले सर्वोच्च गएर गलत गरिए भन्ने र फेरि उक्त नियम लागू गर्नु आवश्यक रहेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्