Shikhar Insurance
National Life

दशरथ रंगशालालाई उत्कृष्ट बनाउँन प्रधानमन्त्रीको निर्देशन

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १२:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताए । भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरु स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले हरेक प्रदेश र जिल्ला-जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरुलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताए ।

उनले भने, ‘सिक्नका लागि अनुकलता, वातावरण चाहिन्छ । कहाँ सिक्ने, कसरी सिक्ने त्यसका निम्ति अस्ति खेलाडी टिमले पनि बताइसकेको छ । हामीलाई लगातार सिक्नका लागि कभर्ड हल आवश्यक छ । हरेक मौसममा सिक्नका लागि कभर्ड हल आवश्यक छ । खेलाडीहरुले सुविधा प्राप्त गर्ने हो भने, सुविधा प्राप्त नगर्दा त हामी यत्तिको उन्नतिमा आएका छौँ भने तेस्रो गेम सकिँदासम्म हाम्रो आशा माथि थियो । चौथो गेमले बराबर गरायो । पाँचौँ पुग्दा हामी हार्‍यौँ । तर त्यस भन्दाअघि त्यही टिमलाई हार्‍यौँ पनि । मन खुम्च्याउनुपर्ने आवश्यकता छैन । हामी जित्न सक्छौँ । नसक्ने भन्ने केही छैन । देशको अर्थतन्त्रको स्थिति राम्रो छैन । हामी कतिसम्म सक्छौँ । सुविधाहरु, भौतिक पूर्वाधारहरु र अन्य सुविधाहरु वृद्धि गर्नमा हाम्रो अधिकतम ध्यान जानेछ ।’

प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको बताए । केही समयअघि भूटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिए । उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह गरे ।

उनले दर्शकलाई देखाउने गरीको खेल खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै मैदान चुस्त, दुरुस्त बनाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले मैदानको दुरुपयोग नगर्न पनि आग्रह गर्दै भने, ‘मैले भित्रै गएर त हेरेको छैन तर दशरथ रंगशालाको खेल मैदान धेरै बिग्रिएको भन्ने छ । म ०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु । जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको खेल मैदान मैले देखेको थिएन । अस्ति एउटा खेल देख्दा देशकै बेइज्जत भए जस्तो लाग्यो । त्यसकारण यस्तो देशकै बेइज्जत हुने खालको स्थिति हुनु हुँदैन । अन्यत्र त्यस्तो प्यारापिट नै छैन जहाँ हामी खेल खेलाएर दर्शकलाई देखाउन सकौँ । दर्शकलाई देखाउने गरीको खेल खेल्ने हो भने अन्त प्यारापिट छैन । खासगरी यो स्तरीय खेलहरुका लागि हो, खासगरी त्यो फुटबल जस्ता खेलहरुका लागि हो । अरु खेल खेल्नु छ भने तदनुसारका खेल मैदानहरु तयार गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले १० औं राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त दुरुस्त बनाउन सक्नुपर्ने बताउँदै आजबाटै मैदान उत्कृष्ट बनाउन शुरु गर्न निर्देशन दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्