Shikhar Insurance
National Life

सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्छौं : मन्त्री भट्टराई

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी अगाडी बढेको बताएकी छिन् ।

बिहिबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको बताउँदै राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइन् । राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उनको भनाई छ । उनले सिटीईभिटीलाई पुन:संरचना गर्नका लागि काम अगाडी बढाइएको भन्दै यसको पाठ्यक्रम र पुन:संरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको जानकारी दिइन् ।

उनले भनिन्, ‘सिटीइभिटीलाई हामीले पुन:संरचना गर्नुपर्छ । सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुन:संरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ । पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने ? हामीले हिजोसम्म भन्ने गरेउ, नेपालीहरु पढ्ने यहाँ । तर अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ भन्यौँ हामीले । त्यहाँ नै हामी गलत भयौँ । ग्लोवल टु लोकल र लोकल टु ग्लोबल कसरी लिङ्केज स्थापित गर्ने ? त्यसका लागि हामीसँग भएको जनशक्ति जसले पहिले राष्ट्रमा योगदान दिनसक्दा मात्रै उसले अन्तर्राष्ट्रिय रुपमा पनि योगदान गर्नसक्छ । त्यो खालको योगदान दिनसक्ने जनशक्ति कसरी तयार गर्ने भन्ने कुरामा अब हाम्रो बहश जानुपर्छ । अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस् । चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस् । सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडी बढेका छौँ ।’

उनले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयका बीच समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिइन् । उनले शिक्षा भनेको ज्ञान मात्रै नभइ सिप, कला र उद्यमशिलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताइन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्