Shikhar Insurance
National Life

प्रतिकूल मौसमका कारण स्थगित भएको जोमसोम-पोखरा हवाई सेवा २ महिनापछि पुन: सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १२:३२
Hyundai
NCELL
NIMB

म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुन: सञ्चालनमा आएको छ । दुई महिनापछि समिट एयरलायन्सले आज ५ वटा उडान भरेको जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले जानकारी दिएका हुन् ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । ‘ँमौसममा सुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु गरिएको हो,’ प्रमुख लम्सालले भने,’निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाँच उडानमार्फत ९० जना मुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुन: सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्