Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकले ल्यायो ‘स्काई क्लब कार्ड’, यती एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १२:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआईसी एशिया स्काइ क्लब कार्ड’ सार्वजनिक गरेको छ ।

उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी एनआईसी एशिया स्काइ क्लब कार्ड सार्वजनिक गरेको हो । भिसा को-ब्रान्डेड कार्य का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नका साथै, यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट प्राप्त ,गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काइ क्लब कार्ड मा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्नेछन् ।

यो कार्ड लिनका लागि ग्राहकले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिनुपर्ने छ । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहक महानुभावहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्ने भन्ने बैंकले विश्वास लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्