Shikhar Insurance
National Life

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला, न्यूनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १२:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रकृया अगाडि बढाएको हो ।

संस्थाले सेयरधनीको नाममा रहेको ६ हजार ९ सय ६९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४ सय ५० रुपैयाँ तोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिद गर्न ईच्छुक सेयरधनीहरु वा जो कोही व्यक्ति, कम्पनी संघ-संस्थाहरुले भदौ २० गतेभित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय पोखरा-२६ विजयपुर, कास्कीमा आफूले खरिद गर्ने सेयर कित्ता र मूल्यको व्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

कुनै कारण खुलाई वा नखुलाई आवेदन रद्द गर्ने अधिकार संस्थामा निहित रहने समेत सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्