Shikhar Insurance
National Life

पामोलिनको एचएस कोड परिवर्तन गर्न भन्सार विभागले खाद्य प्रविधिलाई लेख्यो पत्र

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार ०८:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागले पामोलिन (पाम तेल) भन्सार एच एस कोड परिवर्तन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागलाई पत्राचार गरेको छ । विभागले रिफाइन पाम तेलको शिर्षकमा वर्गिकरण गर्न पत्रचार गरेको हो ।

विभागले तयारी पाम तेल भन्सार उपशिर्षक (एचएस कोड) १५१११०.०० मा वर्गिकरण गर्न आग्रह गर्दै पत्राचार गरेको छ । विभागका एक कर्मचारीले भने, ‘कच्चा भनेर ल्याएको तेललाई तयारी भएको भन्सार विभागको ल्याबले नै प्रमाणित गरिसकेको छ, सो अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयलाई पनि एच एस कोड परिवर्तन गरिदिन भनेका हौं।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभाग अन्तर्गतका भन्सार कार्यालयहरुले अहिले ५ प्रतिशत धरौटी लिएर पामोलिन जाँचपास गरिरहेका छन् । सो धरौटीलाई भन्सार महसुलमै परिवर्तन गर्न विभागले खाद्य प्रविधिलाई पत्राचार गरेको हो । अब खाद्य प्रविधि विभागले आशिकुडा वल्र्ड सिस्टममा पामोलिनको एच एस को परिवर्तन गरिदिनु पर्छ ।

व्यवसायीहरुले भने खाद्य प्रविधिले कच्चा भनेर प्रमाणित गरेको तेल भन्सार विभागले तयारी भन्न नमिल्ने तर्क गरिहरेका छन् ।

कच्चा पाम तेल भन्दै व्यवसायीहरुले धमाधम तयारी पामोलिन आयात गर्न थालेपछि कच्चा-तयारी विवादले उग्र रुप लिएको छ । क्रुड पामोलिन भन्सार उपशिर्षक १५१११०.०० बाट आयात हुँदै आएको छ ।

यो शिर्षकबाट आयात हुदाँ १० प्रतिशत भन्सार महसुल तिर्नु पर्छ । तयारी पाम तेल १५१११०.०० बाट  जाँचपास हुँदै आएको छ । यो शिर्षकबाट आयात हुदाँ १५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ ।

व्यवसायीहरुले पाँच प्रतिशत भन्सार छलि गर्नका लागि कच्चा भनेर तयारी पामोलिन आयात गर्ने गरेको भन्सार विभागको आरोप छ ।

के हो क्रुड–तयारीको लफडा ?

पामोलिन तेस्रो देशबाट आयात भएर भारत निर्यात हुने प्रमुख वस्तु हो । नेपाली व्यवसायीहरुले नेपाल र भारतको भन्सार अन्तरको फाइदा लिएर निकासी गर्ने गरेका छन् । यसरी ४० वर्षदेखी आयात भैरहेको पामोलिन कच्चा पदार्थ भन्सार उपशिर्षक उपशिर्षक १५१११०.०० बाट जाँचपास हुदै आएको छ । यसरी आयात गर्दा उद्योगीले १० प्रतिशत भन्सार महशुल तिर्नुपर्ने हुन्छ । विराटनगर भन्सार कार्यालयले जनकपुर रिफाइनरीजले ल्याएको पामोलिनमा शंका लागेपछि नमुना परिक्षणका लागि भन्सार विभागको ल्याबमा पठायो । सो ल्याबबाट क्रुड भनेर आयात गरिएको पामोलिन तयारी भएको खुल्न आयो ।

ल्याब रिपोर्टबाट तयारी तेल भएको खुल्न आएपछि विराटनगर भन्सार कार्यालयले तयारी तेल उपशिर्षक १५११९०.२० बाट वर्गिकरण गर्ने निर्णय गरेपछि कार्यालयको निर्णय उपर उच्च अदालत पाटन गएको छ । पाटन उच्च अदालतले भन्सार विभाग र भन्सार कार्यालयको नाममा ७ दिनभित्र बिनाशर्त धरौटी लिएर भन्सार जाँचपास गर्न भनेपछि जकरपुर रिफाइनरीजको तेल जाँचपास भैसकेको छ । तर अदालतले १ महिनाभित्र वर्गिकरण गर्नु भनि परमादेश दिएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्