Shikhar Insurance
National Life

उत्पादनलाई बजारीकरण गर्न तनहुँमा कृषि उपज केन्द्र सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १७:५१
Hyundai
NCELL
NIMB

तनहुँ । ग्रामीण क्षेत्रका बासिन्दाले उत्पादन गरेको प्राङ्गारिक कृषि उपजलाई बजारसम्म पुर्‍याउन तनहुँको व्यास नगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा ल्याएको छ ।

व्यास नगरपालिका–१३ मा रहेका किसानले उत्पादन गरेका प्राङ्गारिक कृषि उपजलाई सहज तवरले बजारसम्म पुर्‍याउने हेतुले व्यास–३ मालपोत लाइनमा आजदेखि कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो । व्यास–१३ का किसान आवद्ध गाउँविकास कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा कृषि उपज केन्द्र सञ्चालन गरिएको सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्रबहादुर आलेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि उपज केन्द्रमा सहकारीमा आवद्ध किसानले उत्पादन गरेको आलु, बोडी, तरुल, पिँडालु, फर्सी, करेला, निगुरो, काँक्रो लगायतका तरकारी सुपथ मूल्यमा पाइने केन्द्रले जनाएको छ । करिब रु पाँच लाख खर्चिएर केन्द्र सञ्चालन गरिएको हो । साना किसानलाई प्रोत्साहन र स्वस्थकर कृषि उत्पादनमा लाग्न व्यास–१३ को कार्यालयले विशेष कार्यक्रम नै बनाएर अघि बढेको व्यास– १३ का वडाध्यक्ष वसन्तबहादुर आलेले जानकारी दिए ।

प्राङ्गारिक कृषि उपजलाई प्रोत्साहन गरी साना किसानलाई संरक्षण गर्न व्यास नगरपालिकाको कार्यालयले मासिक भाडा तिर्ने गरी कृषि उपज केन्द्रको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । व्यास नगरपालिका क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ व्यास नगरपालिकाको कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्