Shikhar Insurance
National Life

सेयर बजारको निरन्तर वृद्धिबारे यसो भन्छन् बोर्ड अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २५, मंगलवार १२:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नियामको सहजीकरण, सहज तरलताको उपलब्धता, पुँजीगत लाभकरको निर्क्योल, प्रविधि मैत्री बजारका कारण सेयर बजार निरन्तर वृद्धि भएको बताएका छन् । बोर्डको २९ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बजार बढ्नुको कारण उजागर गरेका हुन् ।

कोरोनाका कारण लगानीका अन्य क्षेत्रमा संकुचन आएको, बजारमा पर्याप्त मात्रामा तरलता रहेको, सूचिकृत कम्पनीहरुको प्रतिफल पनि राम्रो देखिएको, पुँजीगत लाभकर सम्बन्धी विवाद सुल्झिएको र बोर्डले नेप्से तथा सिडिएसको सेवालाई चुस्त दुरुस्त बनाउन भूमिका खेलेकाले बजारमा सकारात्मक प्रभाव देखिएको बताएका हुन् ।
अध्यक्ष ढुंगानाले पुँजी बजारबाट सरकारलाई मासिक एक अर्ब भन्दा बढी कर तिर्ने अवस्था निर्माण भएको पनि बताए ।
सेयर बजारलाई प्रविधि मैत्री बनाउने, ऐन कानुन र नियमावलीहरुलाई समय सापेक्ष सुधार गर्ने तथा बोर्डको नियामकिय क्षमता बढाउन अब केन्द्रित हुने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्