Shikhar Insurance
National Life

नेपालमा पन्च इभिको उत्साहजनक सुरुवात, बिक्री सुरु गरेको पहिलो दिनमै १ सयभन्दा बढी बुकिङ्ग

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १७:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा इभि नाडा अटोशो २०२४ मा बिक्रि सुरु गरेको टाटा पन्च इभिको नेपालमा उत्साहजनक सुरुवात भएको छ । बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरी १००+ बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।

कम्पनिले केही दिन अघिबाट टाटा पन्च इभिको प्रि–बुकिङ्ग सुरु गरिसकेको थियो । टाटा पन्च इभी शुरुवाति मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै, नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा नि:शुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले भने,’टाटा पन्च इभिलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङ्गमा पनि देखिएको छ । विगतमा पनि टाटा मोटर्सले सधै नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको छ र यो पन्च इभिको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौ । गत वर्ष नाडाबाटै बिक्रि सुरु गरिएको टियागो इभि नेपालको सर्वाधिक बिक्रि हुने इभि ह्याचब्याक बन्न सफल भएको थियो र पन्च इभिले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौ ।’यसको साथै टाटा इभि नाडा अटोशो २०२४ टियागो इभिको हरेक बुकिङ्गमा ग्राहकहरुले जोडीको लागि थाइलेडं यात्रा पाउनका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्