Shikhar Insurance
National Life

भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन: सांसद कार्की

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १६:१०
Hyundai
NCELL
NIMB

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले भ्रष्टाचारको मुद्दामा हदम्याद राखेर भ्रष्टाचारीलाई उन्मुक्ति दिने वातावरण तयार गर्न लागिएको भन्दै सो कुरा मान्य नहुने बताएकी छिन् ।

बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले भ्रष्टाचारीलाई उन्मुक्ति दिने वातावरण तयार गर्ने दुष्प्रयास भएको बताएकी हुन् । उनले सो कुरा आफूलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मान्य नहुने बताइन् । उनले सो प्रस्तावले कर्मचारीहरुलाई सजिलै उम्कन अवसर दिन खोजिएको बताउँदै आफुहरुले सो प्रस्तावको कडा रुपमा बिरोध जनाउने बताइन् । त्यसैगरी, उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउनु नहुने बताउँदै क्षेत्राधिकार बढाउनु अघि आयोगको क्षमता वृद्धि गर्नुपर्ने बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,‘यस ऐनको दफा १६ मा गरिएको ५ वर्षे हदम्यादले भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिने वातावरण तयार गर्ने दुष्प्रयास गरेको देखिन्छ । भ्रष्टाचारको काण्डै काण्डले देश र जनतालाई जकडीरहँदा र हामीजस्ता नयाँ सांसदहरु आफ्ना सारा काम छोडेर यहाँ केही योगदान गर्नसक्छौँ कि भनेर हामी भ्रष्टाचार र बेथितिको विरुद्ध लडिरहँदा पनि आज भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिन सहज पार्न पाँच वर्षको हदम्याद तोक्ने प्रस्ताव ल्याइएको छ । अपराधिलाई कानूनी संरचनाबाट सुरक्षित निकाल्ने प्रयासको हामी जोडदार, कडा रुपमा विरोध गर्न चाहन्छौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार बढाउन प्रस्ताव गरिएपनि आयोगले हालका मुद्दाहरुलाई नै प्रभावकारी रुपमा समयमै किनारा लगाउन नसकेको अवस्था छ । बैंक, वित्तीय संस्था र अन्य क्षेत्रहरुमा हात हालेर आयोग नै थप समस्यामा पर्न जान्छ । त्यसैले क्षेत्राधिकार बढाउनुपूर्व आयोगको क्षमता वृद्धि गरेर भ्रष्टाचारजन्य मुद्दाहरुलाई समयमै किनारा लगाउनु उचित हुन्छ ।’

उनले नीतिगत निर्णयहरुको आवरणमा गरिने भ्रष्टाचारलाई अविलम्व छानविनको दायरामा ल्याउनुपर्ने बताइन् । उनले मन्त्रिपरिषद्को निर्णय लाई अख्तियारको छानविनको दायराभित्र पार्नुपर्ने बताइन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्