Shikhar Insurance
National Life

राजनीतिक स्थायित्वका लागि निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौँ: सांसद केसी

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १५:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रावधान राख्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले वर्तमान प्रणालीका कारण राजनीतिक स्थायित्व नभएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले संविधान संशोधनको कुरा उठिरहेको भन्दै सो विषयमा संशोधन गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्ने दाबी गर्दै निर्वाचित प्रधानमन्त्री नहुँदा राष्ट्रिय जीवन तहस-नहस हुन लागेको बताए । उनले संवैधानिक राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘संविधान गीता, कुरान, बाइबल होइन । यो संशोधन हुनसक्छ । तर संशोधन के मा गर्ने भन्नेमा व्यापक रुपमा सहमतीमा हुनुपर्छ । एउटा ठूलो भ्रम पार्न खोजिएको छ, समानुपातिकलाई समाप्त पार्न खोजियो भनेर । समानुपातिक प्रतिनिधित्व, समावेशि चरित्रलाई कुनैपनि किसिमको असर नपर्नेगरी समानुपातिक प्रथा हटाएर समानुपातिक निर्वाचन क्षेत्र बनाउनु सबैभन्दा उपयुक्त हुन्छ । १८ महिनामा सरकारलाई विश्वासको मत पाँच चोटी दिनुपर्ने स्थिति आयो । हरेक प्रदेशमा तीन/चारचोटी सरकार परिवर्तन भयो ।’

‘अहिलेको परिस्थितिमा यदि स्थायित्व दिने, स्थिरता दिने, एकअर्काको गठबन्धनले कुनैपनि भ्रष्टाचार र अनियमिततालाई छुन लाग्यो गठबन्धन उम्किएर सरकार जाला कि भन्ने डरबाट उन्मुक्ति पाउनका लागि निर्वाचित प्रधानमन्त्री सबभन्दा उपयुक्त हुन्छ भन्ने मेरो आफ्नो दृष्टिकोण छ । राष्ट्रपति किन उपयुक्त हुन्न भन्ठान्छु भने कार्यपालिका र सम्पूर्ण अधिकार एकै ठाउँमा हुँदा राष्ट्रपति सेनाको प्रमुख र अन्तिम अधिकार पनि भएकाले त्यो दुईवटै अधिकार एक ठाउँमा सिमित हुँदा कुनैपनि बेला निरंकुशता आउनसक्छ । त्यसकारण संवैधानिक राष्ट्रपति र निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्छ । होइन भने खेल नै खेलमा राष्ट्रिय जीवन तहस–नहस हुन लागेको कुरा मैले अनुभव गरेको छु’ उनले भने ।

सांसद केसीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्नु नहुने बताउँदै अहिलेसम्म सरकारको साझा न्युनतम कार्यक्रम प्रस्तुत नगरेको भन्दै तत्काल सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्न आग्रह गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्