काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.८० अंकले बढेर २७८६.४० मा पुगेको हो ।
बुधबार ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३ रुपैयाँ संकलन भएको छ ।
बुधबार चन्द्रगिरी हिल्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ७ लाख ८६ हजार ९ सय ४९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २५ रुपैयाँ रहेको छ ।
बुधबार ९७ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, बुधबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्