Shikhar Insurance
National Life

सरकारलाई रास्वपा सांसद श्रेष्ठको प्रश्न: राजदुत पद दलीय भर्ती केन्द्र हो ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १४:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले विभिन्न १७ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको सिफारिसप्रति आपत्ति जनाएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा राजदुत दललाई सरकारले दलहरुको भर्ती केन्द्रको रुपमा उपयोग गरिरहेको भन्दै असन्तुष्टि जनाएका हुन् । । सांसद श्रेष्ठले पदीय मर्यादालाई धान्न नसक्ने व्यक्तिलाई राजदुत पदमा नियुक्ति गरेर नेपालको छविलाई अन्तर्राष्ट्रिय रुपमा धमिल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए । उनले राजदुत नियुक्तिको विषय नेपालको छवि बिगार्ने अस्त्र बनाउने काम सरकारले गर्न नहुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद श्रेष्ठले भने, ‘के राजदुत पद राजनीतिक दलहरुको भर्ती केन्द्र हो । राजदुत नहुँदा देशको प्रतिष्ठामा आँच आएको छ । र नेपालीहरुलाई समस्या परेको छ । सरकारले राजदुत नियुक्ति सम्बन्धि निर्देशिकाको समेत पालना गरेको छैन । यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउन सक्छ । देशको प्रतिनिधित्व गर्नुपर्ने राजदुत पदमा पदीय मर्यादा नै धान्न नसक्ने मान्छेको नियुक्तिले देशको छवि धमिल्याउन नदिन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद श्रेष्ठले राजदुत पद योग्यता र दक्षता भएको व्यक्तिलाई दिन उपयुक्त हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्