काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (भदौ १२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १:१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । उक्त हकप्रद सेयरका लागि असार १९ गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुलगंगा गाउँपालिका, शिवालय रामेछापबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्