काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ५२ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्