Shikhar Insurance
National Life

स्टार माइक्रो इन्स्योरेन्सले साढे २२ करोडको आईपीओ ल्याउने, बिक्रि प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर मूल्य रु. १००/– को दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागेको हो । कम्पनीको सेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्‍याउने लक्ष्य लिई स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. मिति २०७९/०९/१४ मा दर्ता भइ मिति २०८०/०५/०१ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०८१, भाद्र ९ मा गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्