Shikhar Insurance
National Life

सचिव सहसचिवपछि एकैपटक ६० भन्दा धेरै उपसचिवको सरुवा गर्दै अर्थ मन्त्रालय

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार ०८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले सचिव सहसचिवपछि उपसचिव सरुवाको तयारी गरेको छ । मन्त्रालयले एकैपटक ६० जना भन्दा धेरै उपसचिहरुको सरुवा गर्ने तयारी गरेको हो ।

मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग भन्सार र विभाग मातहत कार्यालयहरु, आन्तरिक राजस्व विभाग र आन्तरिक राजस्व विभाग मातहत कार्यालयहरुमा कार्यरत उपसचिवहरुको सरुवा गर्ने तयारी गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालय स्रोतका अनुसार यसै हप्ता सरुवाको टुङगो लगाउने तयारी गरेको छ । अर्थ मन्त्रायका एक कर्मचारीले भने, ‘भन्सार विभाग र आन्तरिक राजस्व विभागको सेमिनार सुरु हुनु अगावै सरुवाको काम सक्ने तयारी गरेका छौं, यो पटकको सरुवामा विगतको जस्तो भद्रगोल हुँदै न्यायोचित हिसाबले सरुवा गर्ने हुन्छ ।’

विगत वर्षहरुमा अर्थ मन्त्रालयको उपसचिव सरुवामा धेरै भद्रगोल हुने गरेको ती कर्मचारीको भनाई छ । ती कर्मचारीले थपे, ‘विगतको सरुवा हेर्दा अवसर पाउने कर्मचारीले अवसर नै अवसर पाएको देखियो, अवसर नपाएकाहरुले कहिल्यै अवसर नपाएको देखियो, यो पटकको सरुवामा यस्ता गतिविधि रोक्ने प्रयास गरेका छौं ।’

पछिल्लो समय कर्मचारी सरुवालाई अर्थमन्त्रीहरुले सुरक्षित आम्दानीको स्रोत मान्दा सरुवामा जथाभावी हुने गरेको छ । महत्वपुर्ण निकायमा जानका लागि कर्मचारी र बिचौलियाहरुले अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृति बढेको छ ।

सामान्यतय उपसचिवहरुको सरुवा प्रत्येक २ वर्षमा गर्ने गरिन्छ । तर केहि वर्षदेखी उपसचिवहरुलाई २ वर्ष नपुग्दै सरुवा गर्ने चलन पनि बढ्दै गएको छ ।

यो पटक २ वर्ष कार्यकाल नपुगेका कर्मचारीहरुलाई सरुवा नगर्ने मन्त्रालयले तयारी गरेको छ । यो पटकको सरुवमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धेरै हस्तक्षेप नगर्ने मन्त्रालयका कर्मचारीहरुले बताएका छन् । यद्यपी पार्टी निकट ट्रेड युनियनहरुले पनि दबाब दिने गरेका छन् ।

यी कार्यलयमा कर्मचारीहरुको आकर्षण

आन्तरिक राजस्वतर्फ सबैभन्दा आवर्षको केन्द्रमा काठमाडौंका कर कार्यालयहरु रहेका छन् । यो पटक पुतलीसकडक कर कार्यालय, न्युरोड कर कार्यालय प्रमुखको सरुवा हुँदैछ । यी कार्यालय प्रमुख बन्न उपसचिवहरुबिच चर्को प्रतिस्पर्धा चल्ने गरको छ ।

यस्तै, राजधाननीका त्रिपुरेश्वर,महाराजगञ्ज, बानेश्वर, ललितपुर-१, ललितपुर-२, कलंकी, बानेश्वर कर कार्यालयहरु आकर्षक मानिन्छन् । यसपछि ठूला करदाता कार्यालय र मध्यमस्तरिय करदाता कार्यालयमा पनि उपसचिवहरुबिच प्रतिस्पर्धा चल्ने गरेको छ ।

भन्सार विभाग तर्फ भने विशेषगरी ५ वटा भन्सार कार्यालयहरु आकर्षक मानिन्छन् । वीरगञ्ज भन्सार कार्यालय र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा सहसचिवहरु रहेका हुन्छन् । यस्तै, रसुवा भन्सार, तातोपानी भन्सार, विराटगर भन्सार, सुख्खा बन्दरगाह भन्सार, भैरहवा भन्सार मेची भन्सार कार्यालयमा कर्मचारीहरुको प्रतिस्पर्धा हुने गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्