काठमाडौं । लघुवित्तका ऋणीहरुलाई कर्जा भुक्तानी गर्ने समय ३ वर्ष सम्म थपिएको छ । राष्ट्र बैंकले मंगलबार (भदौ ११ गते) लघुवित्त सम्बन्धि नयाँ सर्कुलर जारी गर्दै म्याद थप गरेको हो ।
यसअघि लघुवित्तले कर्जा भुक्तानी गर्ने म्याद १ मात्रै तोकिएको थियो । यस्तो सुविधा असल ऋणीले मात्रै पाउने राष्ट्र बैंकले जनाएको छ । यसका लागि लघुवित्तहरुले नियतवस ऋण नतिर्ने ऋणीहरुको सूचि तयार गर्नुपर्ने हुन्छ ।
तीन वर्षे सुविधाका लागि चालु वर्षको पुष मशान्तसम्म नै पुर्नतालिकीकरण र पुर्नसंरचना गरिसक्नु पर्नेछ । शहकारी समस्या सँगसँगै लघुवित्तहरुमा समेत समस्या देखिन थालेपछि राष्ट्र बैंकले नयाँ सुविधा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्