Shikhar Insurance
National Life

सीजी मोटर्सद्वारा नाडा अटो शो मा ४ नयाँ ब्राण्ड सार्वजनिक, यस्ता छन् फिचरहरू

सिंहदरबार संवाददाता
२०८१ भाद्र ११, मंगलवार १८:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । सीजी मोटर्स द्वारा नाडा अटो शो २०८१ लाई लक्षित गरि नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो ।

नाडा अटो शो शुभारम्भ भएसँगै अर्थमन्त्री विष्णु पौडेल द्वारा उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । सीजी मोटर्सले नाडा अटो शो मार्फत नेपाली बजारलाई सुहाउँदो अवतार, एक्सपेङ, रिडारा र हिरो गरी (AVATR, XPENG, RIDDARA AND HERO) गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सी।जी। मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ। यसपालीको नाडा अटो शो मा नेटा, एक्सपेङ, अवतार, एइओन, रिडारा र हिरो -NETA, XPENG, AVATR, AION, RIDDARA, CG KYC, KING LONG , HERO)  गरी सी।जी। मोटर्सका ८ वटा स्टल रहेका छन् ।

अवतार (AVATR)  को AVATR11 मोडल नाडा अटो शो मार्फत सार्वजनिक भएको हो।  अवतार (AVATR ) विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चेनजीङ् ९CHANGAN) टेक्नोलोजीमा अग्रणी कम्पनी HUAWEI र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी CATL को साझेदारीमा उत्पादन भएको ब्राण्ड हो । अवतार प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एसयुभि हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ। अवतार  ११ मा १९० केडबलु को मोटर जडित छ भने ९० केडबलुएच र ११६ केडबलुएच को ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ।

इच्छुक ग्राहकहरुले‌ नाडा अटो शो को स्टल नम्बर एच१३  मार्फत थप जानकारी पाउन सक्नुहुनेछ। नाडा अटो शो को स्टल नम्बर नम्बर जि १२  मा रहेको एक्सपेङ, सीजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो। एक्सपेङको जि६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ।१९० केडबलुको मोटर र ६६ केडबलुको ब्याट्री रहेको एक्सपेङ जि६ ले २१५ केडबलुसम्मको डिसि फास्ट चार्ज सपोर्ट गर्छ भने १०% बाट ८०% सम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ। त्यसैगरी नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको अर्को ब्राण्ड हो  ।

नाडा अटो शो को स्टल नम्बर ए९ मा रहेको RIDDARA ले नेपाली बजारमा RIDDARA RD6 सार्वजनिक गरेको हो। ६२ केडबलुएच को ब्याट्री र २००केडबलुको पिक मोटर पावर रहेको RIDDARA RD6 ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ। नेपाली बजारमा लोकप्रिय रहेको NETA V को अपार सफलता पश्चात NETA ले नयाँ मोडल, NETA X नाडा मार्फत सार्वजनिक गरेको छ। NETA X स्टल नम्बर A3 मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट NETA X को अनुभव लिन सक्नेछन्। कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्ज सहित NETA X मा ८ वर्ष वा १८ सय किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ।

सीजसी  KYC ले विगतका वर्षहरुमा ग्राहकहरुको मन जित्न सफल रहेको छ र तसर्थ नेपालकै सर्वाधिक बिक्रि हुने इलेक्ट्रिक भ्यान हुन पुगेको छ। नाडा अटो शो मार्फत सीजी  KYC ले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै सीजी  KYC को ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरुलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ।

यसैगरी लामो रुटको यात्राको लागि लक्जरीयस र कम्फर्टेवल यात्राको समाधान स्वरुप सीजी मोटर्सले किङ्गलङ्ग १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ र उक्त गाडी नाडाको स्टल नम्बर जे१ मा प्रदर्शनमा राखिएको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्