Shikhar Insurance
National Life

सय दिन नपुग्दै संसदमा दाहालले सरकारको आलोचना गर्नु गलत : सांसद पन्त

सिंहदरबार संवाददाता
२०८१ भाद्र ११, मंगलवार १७:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद रघुजी पन्तले सय दिन नपुग्दै सरकारको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्ष दलको नेता दाहालले सरकारको आलोचना गरेका थिए । तर सय दिन नपुग्दै संसदबाट सरकारको आलोचना गर्ने काम संसदीय प्रणालीमा नहुने जिकिर गर्दै अध्यक्ष दाहालको अभिव्यक्तिप्रति सांसद पन्तले आपत्ति जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले दाहालको प्रतिपक्ष दलको नेता पद पनि सत्तारुढ दलले लैजाओस् भनि दिएको अभिव्यक्तिको पनि प्रतिवाद गरे । दुई ठूला दलले सरकार बनाएपछि तेस्रो ठूलो दलले सो पद पाउने संवैधानिक व्यवस्था रहेकाले दाहालले त्यसो भन्न नमिल्ने उनको तर्क थियो । सांसद पन्तले संविधान पढ्न र संविधानले गरेको व्यवस्था अनुसार प्रतिपक्ष दलको नेताको पद स्वीकार गर्न आग्रह गर्दै लिन नचाहे पार्टीका उपमहासचिव जनार्दन शर्मालाई दलको नेता बनाइ पद दिन आग्रह गरे ।

सांसद पन्तले अध्यक्ष दाहाल सत्ता जता गयो, त्यतै जाने गरेकाले मुलुकमा राजनीतिक अस्थिरता आएको पनि बताए । उनले सत्तामा नरहेको छटपटी संसदमा अभिव्यक्त गर्ने काम पनि अध्यक्ष दाहालले गर्न नमिल्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्